stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआईसी एशिया क्यापिटलको नवौँ वार्षिक साधारण सभा आगामी भदौ १८ गते

५० प्रतिशत नगद लाभांश वितरण गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारण सभा आगामी भदौ १८ गते बुधबार हुने भएको छ ।

एनआईसी एशिया क्यापिटल संचालक समितिको आइतबार बसेको १६०औँ बैठकले क्यापिटलको नवौँ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।

वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने लगायतका प्रस्तावमाथि छलफल गरेर पारित गर्ने एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

एनआईसी एशिया क्यापिटलले सातौँ वार्षिक साधारण सभासम्म २४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ ।

नवौँ वार्षिक साधारण सभामा पारितका लागि प्रस्ताव गरेको ५० प्रतिशत नगद लाभांशसहित २९० प्रतिशत नगद लाभांश वितरण गर्न सफल हुने एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

क्यापिटलले आर्थिक वर्ष २०८१/०८२ को अन्त्य सम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु अनलाइनमार्फत उपलब्ध गराउने व्यवस्था मिलाउन समेत सफल भएको जनाएको छ ।

IME Lifesidebar
kumari