stcnepal long ad
ime life insurance
national life
global ime bank long

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको असार २३ गतेदखि लिलामी शेयर  बिक्रीमा ल्याउने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २३ गतेदखि अवितरित शेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा ल्याउने भएको छ ।

कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म प्रतिकित्ता १०० रुपियाँका दरले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर १ः०।२७ को अनुपातमा बिक्री खुला गरेको थियो ।

उक्त हकप्रदमा वैशाख ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै आवेदन दिन पाएका थिए । उक्त हकप्रद शेयर असार १२ गते बाँडफाँट बाँडफाँट गरिसकेको छ ।

यसरी बाँडफाँटमा नरपरेको २ लाख २४ हजार ७२८ कित्ता शेयर लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याउन लागेको हो । जसमा संस्थापक समूहतर्फ ८० हजार २२२ कित्ता र सर्वसाधारण समूहतर्फ १ लाख २२ हजार ५०६ कित्ता रहेको छ ।

शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले प्रतिकित्ता के कति दररेटमा शेयर लिने हो सोको विवरण खुलाई गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ ।

संस्थापकतर्फ न्यूनतम १००० कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । त्यस्तै, अधिकतम १० अंकले भाग जाने संख्यामा आवेदन दिन पाइने बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ । आवेदन असार ३० गतेसम्म दिन सकिनेछ ।

बोपलपत्र फाराम नेपाल एसबिआई मर्चेण्ट बैंकिङको कार्यालय ठमेल, काठमाडौं तथा सन नेपला लाइफको पुतलीसडक काठमाडौं शाखा तथा विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीका शाखामा पाइनेछ भने सोही स्थानमा फाराम बुझाउन सकिनेछ ।

prabhu mahalaxmi
kumari