stcnepal long ad
himalayan life insurance long ad

माबिलुङ्ग इनर्जीले असार २२ गतेदेखि प्रथम चरणको आईपीओ निष्कासन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले असार २२ गतेदेखि प्रथम चरणको सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

जसमध्ये प्रथम चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र १ लाख ५० हजार ४७१ कित्ता आईपीओ नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गर्न लागिएको हो।

आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा संखुवासभाको मादी नगरपालिकाको वडा नम्बर ७, ८, ९ र चैनपुर नगरपालिकाको वडा नम्बर २, ३, ७, ८, ९ मा स्थानी बसोबास गर्ने नागरिकले आवेदन दिन सक्नेछन्।

यसमा आवेदन दिंदा घटीमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा ५० हजार कित्तासम्म माग गर्न सकिनेछ। आवेदन दिने अन्तिम मिति असार ४ गते रहेको छ। आयोजना प्रभावितबाट पूर्ण आवेदन प्राप्त नभएमा असार १९ गतेसम्म लम्बिन सक्नेछ तर वैदेशिक रोजगारीमा रहेकाको अवधि लम्बिने छैन।

यसमा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका साथै ग्लोबल आइएमई बैंकको चैनपु्र शाखा, हिमालयन बैंकको मादी नगरपालिका शाखा, लक्ष्मी सनराइज बैंकको खादबारी शाखा र आयोजनाको पावरहाउस रहेको कार्यालयबाट आवेदन दिन सकिनेछ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तीनका तोकिएका शाखा कार्यालय र मेरो शेयर प्रयोग गरी आवेदन दिन सकिनेछ। प्रथम चरणको आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ जारी गरिने कम्पनीले जानकारी दिएको छ।