stcnepal long ad
ime life insurance
global ime bank long

एलआईसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) को लाभांश सुरक्षित गर्ने आज असार १५ गते अन्तिम दिन रहेको छ।

इन्स्योरेन्स कम्पनीले २३औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असार १६ गते एक दिन बुक क्लोज गर्ने भएकाले आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित अन्य वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी सर्वसाधारण शेयरधनीतर्फ (समूह ख) बाट १ जना सञ्चालक निर्वाचन गर्ने र संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकको अनुमोदन गर्नेछ।

त्यस्तै बोनस शेयर वितरणपछि पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम गर्न वा नियमनकारी निकायबाट निर्देशन भए बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिनेछ।

इन्स्योरेन्स कम्पनीले यही असार ३० गते सोमबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजेदेखि साधारण सभा बोलाएको छ।

 

prabhu mahalaxmi
kumari