stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीमको इकाईका लागि आवेदन दिने अवधि थपियो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीमको इकाईका लागि आवेदन दिने अवधि थप भएको छ । प्रभु क्यापिटले जेठ २३ गतेदेखि बिक्री खुलाएको उक्त सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीमको इकाईका लागि आवेदन दिन म्याद थप भएको हो ।

क्यापिटलले सर्वसाधारणलाई प्रतिइकाई १० रुपैयाँ दरले यो खुलामुखी म्युचुअल फन्ड योजनाको इकाई बिक्री खुला गरेको हो । जसमा जेठ २७ गतेसम्म आवेदन दिने अवधि तोकिएकोमा अब असार ६ गतेसम्म आवेदन दिन सकिने छ ।

कुल ४ करोड इकाईमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई र अर्को ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ ।

बाँकी रहेको इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणलाई २ करोड ५० लाख इकाई बिक्री खुला गरिने प्रभु क्यापिटलले जनाएको छ । लगानीकर्ताले न्यूनतम् १०० इकाईदेखि अधिकतम ३१ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

स्किमको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। उक्त स्किमको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई केयर रेटिङ्ग नेपालले केयर एनपी एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ।

prabhu mahalaxmi
kumari