stcnepal long ad
ime life insurance
global ime bank long

माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीको छोटा आईटी कोर्षहरूमा ५० प्रतिशतसम्म छुट

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । काठमाडौंस्थित माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले आफ्ना सम्पूर्ण छोटा आईटी कोर्षहरूमा ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ। आईटी क्षेत्रमा करियर बनाउने चाहना राख्ने विद्यार्थीहरूका लागि यो अफर विशेष अवसरका रूपमा आएको संस्थाले जनाएको छ।

संस्थाका अनुसार, छुट प्राप्त गर्न सकिने कोर्षहरूमा वेब डेभलपमेन्ट, एप डेभलपमेन्ट, ग्राफिक्स डिजाइन, यूआईरयूएक्स डिजाइन, डिजिटल मार्केटिङ, पाइथन विथ डजाङ्गो, फ्लटर डेभलपमेन्ट, मोशन ग्राफिक्स, वर्डप्रेस डेभलपमेन्ट, डाटा साइन्सलगायत रहेका छन् ।

माइन्डराइजर्सले व्यावसायिक प्रशिक्षकहरू, प्रोजेक्ट(आधारित सिकाइ, करिअर सपोर्ट, इन्डस्ट्री एक्सपोजर र इन्टर्नशिपका अवसरसमेत उपलब्ध गराउँदै आएको जनाएको छ। छुट अवधिभर दर्ता गर्ने विद्यार्थीहरूले करिअर गाइड, इन्डस्ट्री एक्सपोजर र इन्टर्नशिपमा प्राथमिकता पाउनेछन्।

संस्थाले आजको डिजिटल युगमा प्लसटु पछि आईटी सीप सिक्नु करियरका लागि अनिवार्यजस्तै भएकाले यस्ता कोर्षहरू युवाहरूका लागि आवश्यक भएको उल्लेख गरेको छ। साथै, देश तथा विदेशमा रोजगारीका अवसर खोज्नेहरूका लागि यी कोर्षहरू उपयोगी हुने बताइएको छ।

prabhu mahalaxmi
kumari