stcnepal long ad
ime life insurance
global ime bank long

ह्यारियर ईभीले केरलाको प्रसिद्ध चट्टान ‘एलिफेन्ट रक’ चढ्दै गरेको भिडियो सार्बजनिक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

टाटा मोटर्सले आफ्नो वहुप्रतिक्षित बिद्युतिय एसयुभी ह्यारियर लन्च गर्नु अघि एक महत्वपूर्ण भिडियो बाहिर ल्याएको छ । भोली औपचारिक लन्च गर्ने कार्यक्रमको तयारीका रूपमा कम्पनीले यसको अफरोड क्षमता प्रदर्शन गर्ने भिडियो बाहिर ल्याएको हो ।

‘एलिफेन्ट रक च्यालेन्ज’ शीर्षकको भिडियोमा, ह्यारियर ईभीले केरलाको प्रसिद्ध चट्टान चढेको देखाइएको छ । ३९३७ फिटको उचाइमा अवस्थित एलिफेन्ट रकको आरोहणलाई तीन चरणमा विभाजन गरिँदै आएको छ । जसमध्ये, ह्यारियरले कुन चरणको आरोहण सफल गरेको हो भन्नेबारे खुलाइएको छैन ।

उक्त कार्यक्रम मार्फत टाटाले ह्यारियर ईभीमा उपलब्ध अफ–रोड क्रूज कन्ट्रोल, ३६०–डिग्री क्यामेरा र टेरियन मोडसहित रोटरी ड्राइभमार्फत चयन गर्न सकिने रक क्रल, स्नो र स्यान्डलाई प्रदर्शन गरेको हो । साथै यसमा बुस्ट र इको मोड समेत दिइएको छ ।

ह्यारियर ईभीको प्राविधिक विवरणहरु हालसम्म बाहिर ल्याइएको छैन । सो बिद्युतिय एसयुभी डुअल इलेक्ट्रिक मोटरसहित अल–ह्वील–ड्राइभ सिस्टमा उपलब्ध हुने र ५०० एनएम को अधिकतम टर्क जेनेरेट गर्न सक्षम रहेको जनाइएको छ ।

prabhu mahalaxmi
kumari