चेक रिपब्लिकमा दिने प्रलोभनमा रकम ठगी गर्ने रमेश कमर पक्राउ
काठमाडौं । चेक रिपब्लिक पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका–१२ बस्ने लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विदेश पठाइ दिने प्रलोभनमा पारी नगद ११ लाख १३ हजार रुपैयाँ रकम ठगी गरी फरार रहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बसुन्धाराबाट कमरलाई पक्राउ गरेको हो ।
रमेशले अन्य १५ जना व्यक्तिहरूबाट समेत विभिन्न देश पठाई दिन्छु भनेर नगद १८ लाख रुपैयाँ समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।
कमरलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर पठाइएको छ ।





























