stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पहिरोले अवरूद्ध सिद्धार्थ राजमार्गको बुटवल–दोभान सडक खण्ड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

बुटवल । पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल९दोभान सडकखण्ड अवरूद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नं। ३ माथिल्लो सिद्धबाबा नजिकै रहेको हेडबक्समा पहिरो झर्दा सडक अवरूद्ध भएको हो ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बिहीबार मध्यान्ह पौने १२ बजेतिर सडक माथिबाट पहिरो झरी सडक अवरूद्ध भएको जानकारी दिए ।

ठूला ढुंगा सहितको पहिरोले सडक अवरूद्ध बनाएपछि बुटवलबाट पाल्पातर्फ जाँदै गरेका सवारी साधनलाई सिद्धबाबा वारि नै रोकिएको पाण्डेले जानकारी दिए । त्यस्तै, पाल्पाबाट बुटवलतर्फ आउँदै गरेका सवारी साधन पनि दोभानतर्फ नै रोकिएका छन् । सिद्धबाबा तथा दोभान क्षेत्रमा ठूलो पानी परिरहेकाले पहिरो हटाउन नसकिएको उनले बताए ।

पानी परिरहेको बखत पहिरोको जोखिम रहिरहने भएकोले पानी पर्न रोकिएपछि डिभिजन सडक कार्यालय पाल्पा र बुटवलले पहिरो पन्छाउने जनाएका छन्। सिद्धार्थ राजमार्गको बुटवल तानसेन खण्डमा यसवर्ष दैनिक जसो पहिरो झरिरहेको छ। हिउंँदयाममा समेत ढुंगे पहिरो झरिरहने यो सडकमा वर्षायाममा झनै जोखिम मोलेर सर्वसाधारणले यात्रा गर्न बाध्य छन्।

विगत तीन दिनदेखि परेको लगातारको वर्षाको कारण यसक्षेत्रका अधिकांश क्षेत्रमा पहिरो गई १० दिन सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ। यो सडकखण्डको तानसेन नगरपालिका वडा नंं ८ गौडेपुल डुम्रे, तिनाउँ गाउँपालिकाको सिद्धबाबा, हेडबक्स, पानी मिल, नागमन्दिर दोभान लगायतका दर्जनौं स्थानमा यसवर्ष पहिरो झरिरहने गरेको छ। पहिरो हटाएर सडक सुचारू भएको केही घण्टा नबित्दै पुनः पहिरो जाँदा यात्रु समस्यामा परेका छन्।

prabhu mahalaxmi
kumari