stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कोरोना संक्रमण युवातिर सोझिँदैः डब्लूएचओ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको संक्रमण युवा वर्गमा बढ्दै गएको बताएको छ।

युरोपका लागि डब्लूएचओका निर्देशक डाक्टर ह्यास्न क्लुजले स्वास्थ्य अधिकारीका अनुसार कोरोना संक्रमण युवामा बढी देखिने थालेको बीबीसीसँग बताएका हुन्। डाक्टर ह्यान्सले बीबीसी टुडे कार्यक्रममा भने, ‘अब महामारी सम्बन्धी तथ्यांक अलि फरक देखिएको छ।

अहिल्यै नै यसको पुष्टि गर्ने पर्याप्त प्रमाण त प्राप्त भइसकेको छैन तर हामीलाई प्रशासन र स्वास्थ्य अधिकारीबाट जुन रिपोर्ट प्राप्त भइरहेका छन्, त्यसअनुसार अहिले बढिरहेको कोरोना संक्रमितमा युवा बढी देखिएका छन्।’

यससँग सम्बन्धित आँकडाबारेको प्रश्नमा उनले केही उदाहरण दिएः

–जुन महिनाको मध्येमा स्विडेनमा ४९ वर्षभन्दा कम उमेरका मानिसमा संक्रमण तीव्र देखिएको थियो, अहिले भने युवामा संक्रमण हुने क्रम केही घटेको छ। तर अहिले पनि एक लाख संक्रमितमा २० देखि २९ वर्षसम्मका व्यक्ति छन्।

–यस्तै आयरल्यान्डमा जुलाई २८ तारिखसम्म जति जनलाई कोरोना पुष्टि भयो, तीमध्ये ६० प्रतिशत संक्रमित ४५ वर्षभन्दा कम उमेरका छन्।

–डाक्टर ह्यान्स क्लुज भन्छन्, ‘इजरायलमा कोरोना संक्रमण अहिले स्कुलमा तीव्र गतिमा फैलिरहेको छ। ताजा तथ्यांकअनुसार त्यहाँ कूल संक्रमितमध्ये पाँच भागमा एक भाग १० वर्षदेखि १९ वर्षसम्मका छन् भने अर्को पाँच भागमा एक भाग २० देखि २९ वर्षसम्मका छन्। (बीबीसी)

prabhu mahalaxmi
kumari