stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जेएसडब्ल्यू एमजीको नयाँ इलेक्ट्रिक कारले ८ हजार बुकिङ २४ घण्टामै पायो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

जेएसडब्ल्यू एमजीको नयाँ इलेक्ट्रिक जेएसडब्ल्यू एमजीले हालै लन्च गरेको नयाँ इलेक्ट्रिक कार विन्डसर प्रोले बजारमा उत्कृष्ट सुरुवात गरेको छ। कम्पनीले जनाए अनुसार सो कारले सार्वजनिक भएको २४ घण्टा भित्र नै ८ हजार बुकिङ प्राप्त गरेको छ । एमजी विन्डसर प्रो १७ लाख ४९ हजार भारु मूल्यमा लन्च गरिएको थियो ।

विन्डसर प्रो हाल सिंगल एसेन्स प्रो भेरिएन्टमा उपलब्ध छ । यसमा ५२.९ किलोवाट आवरको प्रिज्म्याटिक सेल ब्याट्री रहेको छ, जसले एक पटकको चार्जमा ४४९ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। कारको इन्जिनले अधिकतम १३४ बीएचपी पावर र २०० एनएमको अधिकतम टर्क उत्पन्न गर्न सक्छ।

सेफ्टीका लागि यसमा लेभल(२ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम जस्ता विशेषता छ । साथै, यसमा भेइकल टु लोड र भेइकल टु भेइकल चार्जिङ जस्ता आधुनिक सुविधा पनि उपलब्ध छ ।

यसको एक्सटेरियरमा नयाँ डायमन्ड–कट अलोय ह्विल डिजाइन दिइएको छ । कारको भित्री भागलाई ड्युअल–टोन आइभोरी र कालो अपहोल्स्ट्रीले सजाइएको छ।

यसमा १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, प्यानोरामिक ग्लास रूफ र ९ स्पिकर इन्फिनिटी साउन्ड सिस्टम जस्ता सुविधा उपलब्ध छ ।कारले २४ घण्टामै पायो ८ हजार बुकिङ

prabhu mahalaxmi
kumari