stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट आइतबार ३० अर्ब रूपैयाँ तान्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आइतबार ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार उक्त उपकरणका लागि आइतबार नै बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्।

२१ दिन अवधिको यो निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले तरलता चाप घटाउने प्रयास गरेको हो। यस अन्तर्गत संकलन भएको रकमको साँवा र ब्याज भुक्तानी मिति जेठ ११ गते तोकिएको छ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाट नै निर्धारण हुनेछ, जसमा प्रतिस्पर्धात्मक दरका आधारमा छनोट गरिनेछ।

बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ अर्ब रुपैयाँसम्म आवेदन दिन सक्नेछन्। माग बढी भएमा समानुपातिक रूपमा बाँडफाँट हुने व्यवस्था गरिएको छ।

prabhu mahalaxmi
kumari