citizens life insurance long ad
stcnepal long ad

७५० सीसी इन्जिन सहितको कन्टिनेन्टल जीटी–आर बाइक ल्याउँदै रोयल इनफिल्ड

Nimb long ad
Prabhu Insurance Long Ad

रोयल इनफिल्डले नयाँ ७५० सीसी इन्जिनसहितको नयाँ बाइक लन्च गर्ने तयारीमा जुटिरहेको छ। सो नयाँ मोडेल रोयल इन्फिल्ड कन्टिनेन्टल जीटी–आर हुनेछ। नयाँ कन्टिनेन्टल जीटीआर मा विशेष रूपले डिजाइन गरिएको पूर्ण क्याफे रेसर शैली अपनाइएको छ ।

हालसम्म कम्पनीले औपचारिक रूपमा नयाँ ७५० सीसी इन्जिनको विस्तृत विवरण वा यसको पावर आउटपुटका बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन ।

यद्यपि रिपोर्टका अनुसार ठुलो क्षमताको इन्जिन भएकोले यो हाल उपलब्ध ६५० सीसी ट्विन इन्जिनहरूभन्दा उच्च प्रदर्शन दिने अपेक्षा गरिएको छ।

नयाँ ७५० सीसी कन्टिनेन्टल जीटी–आर भारतीय सडकमा पटक–पटक परीक्षणको क्रममा देखिएको छ । परीक्षण मोडेलमा ठुला इन्जिन र आधुनिक क्याफे रेसर डिजाइनको संयोजन स्पष्ट देखिएको छ ।

नयाँ बाइकको बनावट हालको जीटी ६५० मोडलभन्दा केही भारी हुने अनुमान गरिएको छ । साथै यसले तिव्र गति र उत्कृष्ट एक्सेलेरेसन क्षमताको समेत संकेत गरेको छ ।

रोयल इनफिल्डले अहिलेसम्म नयाँ कन्टिनेन्टल जीटी(आरको लन्च मिति सार्वजनिक गरेको छैन। तर रिपोर्टका अनुसार सो बाइक सन् २०२६ भित्र डेब्यु गर्ने अपेक्षा गरिएको छ ।

IME Life
kumari