stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज वैशाख १० गते अन्तिम दिन रहेको छ । लघुवित्तले लाभांश तथा साधारणसभा प्रयोजनार्थ भोलि वैशाख ११ गते बुक क्लोज गर्दैछ ।

त्यसैले आजसम्म कायम रहने शेयरधनीले लाभांश पाउनुका साथै सभामा पनि सहभागी बन्न पाउनेछन् । लघुवित्तको आठौं वार्षिक साधारण सभा २०८२ वैशाख १९ गते बस्दैछ ।​

त्यस्तै लघुवित्त कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्षका सबै वित्तीय विवरण छलफल गरी पारित गर्नेछ भने चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।

साधारण सभा तिलोत्तमा–५, रुपन्देहीस्थित आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

IME Lifesidebar
kumari