stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वैशाख ७ गतेदेखि निष्कासन गरिरहेको ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ‘७५ आरबीबीएल डिबेन्चर २०८८’ मा आवेदन दिने म्याद थपिएको छ।

निष्कासन बन्द छिटोमा वैशाख १० गते हुने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि वैशाख २१ गतेसम्म म्याद थपिएको हो यद्यपि पर्याप्त आवेदन परेमा सोभन्दा अघि नै निष्कासन बन्द गरिने बैंकले जानकारी दिएको छ।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। सोमध्ये बैंकले १५ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री गर्ने छ।

बैंकले बाँकी १० लाख कित्तामध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको ९ लाख ५० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा निष्कासन गरेको छ। यसमा लगानीकर्ताले घटीमा २५ कित्ता र बढीमा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ।

बैंकलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी एप्लस’ इस्यूअर रेटिङ दिएको छ। यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त र कर्जा जोखिम न्यून भएको संकेत गर्छ।

यस ऋणपत्रमा आर्जित व्याजदर प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र द्वितीय अर्धवार्षिक समाप्त भएपछि भुक्तानी गरिनेछ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

IME Lifesidebar
kumari