stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेको इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड

नपरेको शेयरको रकम भोलिदेखि फिर्ता गरिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेगतेसम्म म्याद थप गरी बिक्री खुला गरेको हकप्रद शेयर बाँडफाँड गरेको हो ।

तोकिएको समयावधिभित्र रितपूर्वक आवेदन दिने शेयरधनीहरुलाई ४८,०५,६४०र२० कित्ता हकप्रद शेयर चैत ३१ गते निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।
हकप्रद शेयर निष्काशन प्रयोजनको लागि कम्पनीले माघ १८ गते बुक क्लोज गरेको थियो । त्यसकारण माघ १८ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम साविक शेयरधनीहरुका लागि २ अर्व १ करोडको (विद्यमान ४ कित्ता शेयर बराबर नयाँ १ कित्ता साधारण शेयर) हुन आउने प्रति शेयर अंकित मूल्य १ सयले ५०,३०,९०१ र ५५ कित्ता हकप्रद शेयर जारी गरेको थियो ।

आफ्नो कायम हक भन्दा बढी शेयर माग गरि दरखास्त दिने आवेदकहरुको हकमा बाँडफाँडमा नपरेको हकप्रद शेयर वापतको रकम भोलि बैशाख ३ गतेदेखि फिर्ता भुक्तानी गरिने जनाएको छ ।

साथै, सम्पूर्ण सिआस्वा सदस्यहरुले बाँडफाँडमा नपरेको शेयर वापतको बाँकी रकम सम्बन्धित आवेदकहरुको बैंक खाता फुकुवा गरिदिन पनि कम्पनीले आग्रह गरेको छ ।

IME Lifesidebar
kumari