stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माछापुच्छ्रे क्यापिटलद्वारा हाइड्रो प्रभावित क्षेत्रका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले माछापुच्छ्रे बैंक तथा माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ र ४ को संयुक्त आयोजनामा माघ २१ देखि २४ गतेसम्म हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरुमा सेयरसम्बन्धी सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

क्यापिटलको पाँचौँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रम माछापुच्छ्रे गाउँपालिका, कास्की–४, लाहाचोकका हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरुमा संचालन गरिएको थियो।

वित्तीय साक्षरता, सचेतना तथा घरदैलो कार्यक्रम माछापुच्छ्रे बैंक बगर शाखाका शाखा प्रबन्धक उज्जवल घिमिरे तथा बैंकका गण्डकी प्रदेशका क्लस्टर प्रमुख जीवन बहादुर कार्कीको समन्वयमा सम्पन्न भएको हो। यस कार्यक्रममार्फत स्थानीय बासिन्दाहरुलाई सेयर बजार, लगानी, वित्तीय व्यवस्थापन तथा बैंकिङ्ग प्रणालीबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

माछापुच्छ्रे क्यापिटलले आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवलाई विशेष बनाउँदै माघ महिनाभर रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरिरहेको छ। यसले क्यापिटलको मात्र होइन, समग्र वित्तीय क्षेत्रको सशक्तीकरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। सार्वजनिक लिमिटेड कम्पनीको रुपमा स्थापित यस धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनीले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषका सेवा प्रदान गरिरहेको छ। वित्तीय साक्षरता अभिवृद्धि तथा समुचित लगानी सल्लाहका लागि माछापुच्छ्रे क्यापिटलको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ।

यस प्रकारका कार्यक्रमले स्थानीय तहमा वित्तीय सचेतना अभिवृद्धि गर्ने मात्र नभई, सुरक्षित र दिगो लगानीको मार्गदर्शन गर्ने विश्वास लिइएको छ।

prabhu mahalaxmi
kumari