citizens life insurance long ad
stcnepal long ad

फागुन ६ गतेबाट सानिमा फ्लेक्सी फन्डका इकाइहरु बिक्री खुला गरिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सी फन्ड’का इकाइहरु आउँदो फागुन ६ गतेबाट बिक्री खुला गरिने भएको छ।

प्रथम चरणमा यो खुलामुखी म्युचुअल फन्डको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइमध्ये ४० प्रतिशतले हुन आउने ४ करोड इकाइ बिक्री खुला गरिने भएको हो।

निष्कासन गरिने इकाइमध्ये योजनाको कुल आकारको १३ प्रतिशतले हुन आउने १ करोड ३० लाख इकाइ कोष प्रवर्द्धक सानिमा बैंक र २ प्रतिशतले हुन आउने २० लाख इकाइ योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्याइएको छ।

बाँकी ८ करोड ५० लाख इकाइमध्ये पहिलो चरणमा २ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले यो म्युचुअल फन्डका इकाइ खरिदका लागि फागुन ११ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताबाट मागबमोजिम आवेदन नपरेको खण्डमा यो म्युचुअलका इकाइहरुको बिक्री खुला फागुन २० गतेसम्म थप गरिनेछ।

लगानीकर्ताले खरिद आवेदन दिन न्यूनतम १०० इकाइ र अधिकतममा ४० लाख इकाइका लागि दिनुपर्नेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले यो म्युचुअल फन्डका इकाइ बिक्रीका लागि गत माघ २ गते अनुमति दिएको थियो।

IME Life
kumari