stcnepal long ad
ime life insurance
global ime bank long

एमएडब्लु वृद्धिले चितवनकै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

चितवन । नेपालका लागि सेरेस र नामी ईभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनलाई लक्षित गरेर यो क्षेत्रकै सबै भन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ।

एमएडब्लु वृद्धिले भरतपुर, चितवन स्थित सिमटी रिसोर्टमा २१ माघदेखि २३ माघसम्म तीन दिने ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो।

यो मेलामा ईभी किन्न चाहने चितवनका ग्राहकले सेरेसमा र नामी ईभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाइने छ । साथै, ग्राहकले अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमए डब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’ को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्नेछ ।

यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने जनाएको छ । ‘अनस्पट फाइनान्सिङ’को व्यवस्था पनि गरिएको छ । साथै, सेरेस र नामीलाई आकर्षक ब्याजदरमा घर लान सकिनेछ ।

यी अफरहरु बाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’को मज्जा लिन सक्नेछन् ।

एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प अघि नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको छ ।

prabhu mahalaxmi
kumari