stcnepal long ad
nabil bank
macchha(MBL)

कामना सेवा विकास बैंकले अग्राधिकार शेयर जारी गर्ने स्वीकृति पायो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंकले अग्राधिकार शेयर जारी गर्न स्वीकृति पाएको छ। नेपाल राष्ट्र बैंकले कामना सेवा विकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न पूर्व स्वीकृति दिएको हो।

अब बैंकले केही दिनभित्रै नेपाल धितोपत्र बोर्डमा अग्राधिकार शेयर जारी गर्न अनुमति माग्दै निवेदन दिनेछ। धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकले अग्राधिकार शेयर जारी गर्नेछ।

बैंकले कुल ३५ करोड रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी लागेको छ। बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३५ लाख कित्ता अग्राधिकार शेयर जारी गर्नेछ।

यो अग्राधिकार शेयरको लाभांश दर ९ प्रतिशत रहेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिनेछ।

बैंकको गत असोज ३० गते भएको १८ औँ वार्षिक साधारण सभाले अग्राधिकार शेयर जारी गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो।

त्यसपछि अग्राधिकार शेयर जारी गर्न बैंकले नियमनकारी निकायमा स्वीकृति लागि निवेदन दिएको थियो।

अग्राधिकार शेयर जारीपछि बैंकको प्राथमिक पुँजी गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरिसकेको छ।

prabhu mahalaxmi
kumari