citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

ओमोडा एण्ड जेइकोको नयाँ शोरुम चावहिलमा

एक्सचेन्ज र टेष्ट ड्राइभ सप्ताह सुरु

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । ओमोडा एण्ड जेइकोको नयाँ शोरुम चावहिलमा विस्तार भएको छ । नेपालका लागि आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले काठमाडौं अटो ट्रेडलाई बिक्रेतामा नियुक्त गरेसंगै सो नयाँ शोरुम सञ्चालनमा आएको हो ।

शोरुम उद्घाटनसंगै कम्पनीले एक हप्ता लामो एक्सचेन्ज एण्ड टेष्ट ड्राइभ क्याम्प समेत सुरु गरेको छ । क्याम्पमा ओमोडा ई–५ र जेइको जे६ को टेष्ट ड्राइभ गर्न पाइनेछ भने ग्राहकले आफूँसंग भएको पुरानो गाडीसंग ओमोडा र जेइकोको ब्रान्ड न्यू ईभी एक्सचेन्ज समेत गर्न सक्नेछन् । क्याम्प माघ १५ गतेसम्म सञ्चालन हुनेछ ।

पुरानो गाडीसंग ओमोडा र जेइकोको नयाँ ईभी एक्सचेन्ज गर्दा ग्राहकले उत्कृष्ट मुल्यांकनको साथै नगद छुट, एक्सचेन्ज बोनस र सरल फाइनान्स सुबिधा पाउने छन् । साथै, अटो प्लस इन्स्योरेन्स, ७ किलोवाट क्षमताको चार्जर र एसेसोरिज समेत निशुल्क उपलब्ध गराइने कम्पनी भनाई छ ।

gold
himalayan life insurance long ad