stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकले बैंकहरुमा ३ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने

 ब्याजदर प्रस्ताव गर्न आह्वान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुमा ३ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी राष्ट्र बैंकको विभिन्न कोषमा रहेको ३ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो।

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा २ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५४ करोड ८८ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड १९ लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।

मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले पुस १८ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।  यस्तो मुद्दति निक्षेप २०२५ जनवरी १६ देखि २०२६ जनवरी १७ सम्म ३६७ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari