citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

२०२५ मा टाटा मोटर्सले ७ नयाँ एसयूभी लन्च गर्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

टाटा मोटर्सले सन् २०२५ मा भारतीय बजारमा ७ नयाँ कार लन्च गर्ने भएको छ । यसमा आईसीई र ईभी दुवै सवारीसाधन समावेश छन् ।

साथै कम्पनीले केही पुराना मोडलका नयाँ भर्सन पनि ल्याउनेछ । लामो समयदेखि प्रतिक्षा गरिएको सियरा र सियरा ईभी, ह्यारियर ईभी र सफारी(ह्यारियर पेट्रोल मोडेलहरू पनि नयाँ वर्षमा लन्च गर्ने भएको छ ।

कम्पनीका नयाँ गाडीहरू एसयूभी, ह्याचब्याक र सेडान जस्ता विभिन्न सेगमेन्टमा हुनेछ । टाटा पन्च फेसलिफ्ट स् टाटा पन्च फेसलिफ्ट २०२५ को दोस्रो त्रैमासिकमा लन्च गर्न सकिन्छ। पन्चको

फेसलिफ्ट मोडलमा पञ्च ईभी जस्तै अपडेट हुने अनुमान गरिएको छ । यसको एक्सटेरियर और इन्टेरियरका साथै फिचरमा पनि परिवर्तन देख्न सकिनेछ ।

टाटा सियरा स् टाटा सियरा जनवरी २०२५ मा भारत मोबिलिटी ग्लोबल एक्सपोमा सार्वजनिक हुने सम्भावना छ । सियरा आईसीई र ईभी दुवै संस्करणमा आउनेछ।

टाटा ह्यारियर ईभी स् टाटा ह्यारियर ईभी पनि २०२५ मा लन्च हुने सम्भावना छ । यसलाई पहिला भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा प्रदर्शन गरिनेछ ।

यसको डिजाइन हालको ह्यारियर जस्तै हुनेछ । यसमा ड्युअल मोटर सेटअप सहितको अल(ह्विल ड्राइभ हुने सम्भावना छ। रिपोर्टका अनुसार सो ईभीले  एक  पटक चार्जमा ४५० देखि ५५० किलोमिटरको रेन्ज दिने अनुमान गरिएको छ ।

ह्यारियर र सफारीको पेट्रोल भर्सन स् टाटा मोटर्सका दुई शक्तिशाली एसयूभी ह्यारियर र सफारीको पेट्रोल भेरिएन्ट पनि २०२५ मा लन्च हुने भएको छ । सो दुबै एसयूभीमा टाटाको नयाँ १।५ लिटर ४ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिन हुनेछ, जसले १७० पीएस पावर र २८० एनएमको टर्क उत्पन्न गर्न सक्छ । यसमा ६ स्पिड म्यानुअल र ड्युअल क्लच अटोमेटिक ट्रान्समिसन हुनेछ ।

टाटा टियागो र टिगोर फेसलिफ्ट स् टाटा मोटर्सले आगामी भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा टियागो र टिगोरको फेसलिफ्ट मोडल लन्च गर्ने सम्भावना छ । ४ वर्ष अघि देखि अपडेट गरिएको सो फेसलिफ्ट मोडलको एक्टेरियर र इन्टेरियरका साथै फिचरहरू पनि परिवर्तन गरिएको छ ।

gold
himalayan life insurance long ad