साउन १३ गते सम्मका लागि नेकपा स्थायी कमिटी बैठक स्थगित
काठमाडौं । पटक–पटकको स्थागनपछि आज बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ ।
देशभर बाढी र पहिरोले पारेको असरबाट उत्पन्न परिस्थितिमा जुट्नका लागि बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ । बैठकमा सबैलाई उद्दार, राहत र पुर्नस्थानमामा परिचालित हुन निर्देशन दिदै बैठक स्थगित गरिएको हो ।
बैठक सुरु हुने वित्तिकै कसैले खोकनाको कुरा उठाए तर कसैले हात्तीले पुर्याएको क्षतिको तर समग्रमा बैठक बाढी पहिरोको पीडामा नै केन्द्रित रहयो ।
प्रधानमन्त्री निवास वालुवटारमा बसेको बैठकले बाढी पहिरोले पुर्याएको क्षतिमा केन्द्रित हुन निर्देशन दिएपछि बैठक आधा घण्टा बसेर स्थगित भएको थियो ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने बैठकमा सहभागी हुनु भएको भएन ।
स्थायी कमिटी बैठक अघि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । बिहान ११ बजे नै बैठक बस्ने पूर्वनिधारित समय अध्यक्षद्धयको संवादपछि पछि सारिएको थियो ।























