stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सञ्चालकहरुको शेयर एक बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था हटाउन बोर्डसँग माग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले सञ्चालकहरुको शेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक भएको भन्दै खारेज गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेको छ । बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै संघले यस्तो माग गरेको हो ।

संघले सञ्चालकहरुको स्वामित्वमा भएको शेयर कम्पनीमा राजीनामापछि पनि एक बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक भएको भन्दै धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१) (क) अनुसार संगठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक बर्षसम्म सम्बन्धित कम्पनीको शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको औंल्याएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘शेयर बिक्रीसम्वन्धी व्यवस्था अत्यन्तै अव्यवहारिक रहेको जानकारी गराउँदछौं ।

कम्पनीमा कायम रहेका सवै शेयरधनी जस्तै सञ्चालकहरु पनि लगानीकर्ता नै रहेको र शेयरधनीहरुको साधारण सभाबाट निर्वाचित भई उनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधत्व गरेकै आधारमा शेयर विक्री गर्न नपाउने व्यवस्था न्यायोचित नभएको जानकारी गराउँदछौ ।’

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका संघका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले श्रेष्ठलाई सो प्रावधान सच्याउन आग्रह गरेको छ ।

लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य शेयरधनीको वित्तीय स्वार्थ र सञ्चालकहरुको वित्तीय स्वार्थमा कुनै फरक नरहेको मल्लको तर्क छ ।

सञ्चालकहरुले अन्य शेयरधनी सरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट सञ्चालकहरुलाई बञ्चित गर्ने कार्य न्यायोचित नभएको भन्दै कुनै व्यवसायीले आफ्नो चल सम्पति बिक्री गर्न नपाउने परिस्थितीमा उद्यम, व्यवसायको विविधीकरण लगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लले बताए ।

ज्ञापनपत्रमा थप भनिएको छ, ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक बर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत शेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौं, ।’

शेयर बिक्री सम्वन्धी हालको व्यवस्थाले लगानीको वातावरणमा समस्या सिर्जना गर्नुका साथै वैदेशिक लगानी समेत प्रभावित हुने मल्लको दावी छ ।

prabhu mahalaxmi
kumari