stcnepal long ad
ime life insurance
global ime bank long

नेसनल लघुवित्तको वार्षिक साधारण सभा आज मंसिर २४ गते बस्दै

लाभांश प्रस्ताव पेश हुँदै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेसनल लघुवित्तको वार्षिक साधारण सभा आज मंसिर २४ गते बस्दैछ । साधारण सभाले गत वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभामा बोनस सेयर विरण पश्चात कायम पुँजीबाट ७ लाख ६५ हजार ३७७.६४ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ)  निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।

साधारण सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ ।

आर्थिक वर्ष २०८०.८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह माथि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०८१.८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

सभा प्रयोजनार्थ कम्पनीले मंसिर १८ गतेबाट २४ गतेसम्म बुक क्लोज गरेको छ । तसर्थ, मंसिर १७ गतेसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र सभामा भाग लिन पाउने छन् । साधारण सभा अरनिको पार्टी प्यालेस, बनेपा–५, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

prabhu mahalaxmi
kumari