stcnepal long ad
ime life insurance
global ime bank long

गण्डकी अटो मेकानिक्सको अध्यक्षमा अधिकारी

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

पोखरा । गण्डकी अटो मेकानिक्स वक्र्स एशोसिएसजको २५ औँ वार्षिक साधारण तथा १५ औँ अधिवेशनले विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सो समितिको निवर्तमान अध्यक्षमा सन्तोष कुमार मिश्र, वरिष्ठ उपाध्यक्षमा नवराज सुनार, उपाध्यक्ष जगन्नाथ गर्तौला, महासचिव विजेन्द्र चौधरी, कोषाध्यक्ष निहाल अन्सारी , सचिव सन्तोष राउत कर्मी, सहकोषाध्यक्ष प्रकाश गिरी रहेका छन ।

समितिको सदस्यहरुमा डिल बहादुर तुलाधर, एक बहादुर बानिँया, विन्दु पावे, गंगा बहादुर कुँवर, भिमसेन शाह रहेका छन । निर्वाचित समितिलाई निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता माधव बास्तोलाले शपथ गराउनु भएको थियो ।

सो साधारण सभाको शुभारम्भ गर्दै संघीय सांसद शिव नेपालील राज्यले मेकानिक्सलाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेकोले, मजदुर विना विकास सम्भव नभएकोले अटो व्यवसाय व्यवस्थापनका लागी पोखरामा अनिवार्य अटो ल्याण्ड आवश्यक रहेको बताए ।

नेपाल अटो मेकानिकल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष जनार्धन गैरेले व्यवस्थित शहरका लागि अटो ल्याण्ड आवश्यक रहेकोले नेपालका मुख्य शहरहरुमा व्यवस्थित ल्याण्ड विकास भैसकेकोमा पोखरामा हुन नसक्नु दुःखको विषय भएको बताए ।

एशोसियसनका अध्यक्ष सन्तोष कुमार मिश्रको सभापतित्वमा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराई, बाग्मती प्रदेशका संयोजक बलराम भण्डारी, रेडक्रस सोसाईटी गण्डकी प्रदेश अध्यक्ष सुर्यप्रसाद ढकाल, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, पृथ्वी राजमार्ग बस समितिका अध्यक्ष योगेन्द्र के.सी., नेपाल यातायात व्यवसायी महासंघका गण्डकी संयोजक केदार पौडेल, पूर्व महासचिव ठाकुर गैरे, बुटवल इन्जिनियरिङ्गका अध्यक्ष तुल्सीराम न्यौपाने, पूर्व अध्यक्ष यमप्रसाद भुसाल, हेटौँडा समिति अध्यक्ष आनन्दराज पौडेल, सल्लाहकार कृष्ण बहादुर थापा, वरिष्ठ उपाध्यक्ष योगेन्द्रराज भण्डारी लगायतले धारणा राखेका थिए ।

कार्यक्रममा जेष्ठ सदस्य एशोसियसनका पूर्व अध्यक्ष सनत कुमार भट्टराई र पुराना व्यवसायी कुल बहादुर मगर लगाएत सहयोगीहरुलाई सम्मान गरीएको थियो ।

साधारण सभाले महासचिव विष्णु अधिकारी, कोषाध्यक्ष अर्जुन उप्रेतीबाट प्रस्तुत प्रतिवेदनलाई अनुमोदन गरेको थियो।

prabhu mahalaxmi
kumari