माउन्टेन इनर्जी नेपालले बुक क्लोज मिति तोक्यो
काठमाडौं । माउन्टेन इनर्जी नेपालले लाभांश वितरण प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्ने भएको छ । अब पुस १० गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्नेछन् ।
माउन्टेन इनर्जीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट बोनस सेयर वितरण गर्दैछ । कम्पनीले सेयरधनीहरुलाई १५प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । अघिल्लो आर्थिक वर्ष २०८९/८० मा पनि कम्पनीले १५५ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।