citizens life insurance long ad
stcnepal long ad

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो डिजिटल डिसेम्बर २०२४ अभियान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने वार्षिक अभियानको छैठौं संस्करण #DigitalDecember2024 अभियान सुरु भएकॊ छ ।

‘सहजता को नयाँ परिभाषा उपहार सँगै’नाराको साथ यस अभियानले बैंकका ग्राहक तथा उपभोक्ता लाई डिसेम्बर महिनाभरी डिजिटल बैंकिङ अपनाउन प्रोत्साहन गर्नका लागी बिभिन्न अफरहरु प्रदान गर्नुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरु पनि गर्ने छ ।

यस अभियानमा ग्राहकहरुलाई डिजिटल रूपमा सशक्त बनाउन र उनीहरुको बैंंकिङ अनुभव सरल बनाउनका निम्ती निम्न प्रकारका योजनाहरु रहेका छन्ः

बैंकका ग्राहकहरुलाई विशेष अफरः
सरलीकृत कर दाखिलास् डिसेम्बर महिनाभरी मोबाईल मनी मार्फत आफ्नो (स्थायी लेखा नम्बर ) वा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरी १०० रुपैयाँ वा बढीको मोबाईल रिचार्ज गर्ने ग्राहकहरुले बैंकबाट थप १०० रुपैयाँको रिचार्ज प्राप्त गर्नेछन् । आफ्नो खातामा यसरी प्यान वा एनआईडी अपडेट गर्नाले आफ्नो निक्षेपमा आर्जित ब्याजको कर कट्टी सजिलै प्रविष्ट हुनुका साथै अन्य फाइदाहरु पनि हुन्छन् ।

सहज बिजुली बिल भुक्तानीस् मोबाईल मनी प्रयोगकर्ताहरुले सजिलै एउटा मिसकल मार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्नेछन् ।

मोबाईल मनी एपबाटै सो सेवामा आबद्व भई डिसेम्बर महिनाभरी मिसकल मार्फत बिल भुक्तानी गर्ने ग्राहकहरुले पनि १०० रुपैयाँ रिचार्ज प्राप्त गर्न सक्ने छन् ।

क्रेडिट कार्डमा विशेष अफरस् तॊकिएकॊ योग्यता पुगेका ग्राहकहरुले डिसेम्बर महिनाभरी क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्क साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउनेछन् ।

लचिलो वित्तीय समाधानः
आज किनौं, भोली तिरौंः क्रेडिट कार्ड ग्राहकहरुले डिसेम्बर महिनाभरी आफ्नो क्रेडिट कार्ड प्रयोग गरी ३०,००० रुपैयाँभन्दा बढिको खरिद गरेमा बिना कुनै प्रोसेसिङ शुल्क र ब्याज बिनै सो भुक्तानीलाई सरल किस्ताबन्दिहरुमा विभाजन गर्न सक्नेछन् ।

अन्तरबोर्डर भुक्तानी सेवास् लक्ष्मी सनराइज बैंकका क्यूआर सेवाग्राही व्यवसायीहरुले विभिन्न भारतीय मोबाइल वालेट मार्फत डिसेम्बर महिनाभरी भुक्तानी लिँदा लक्की ड्र द्वारा विभिन्न पुरस्कारहरु जित्न सक्नेछन्।

वित्तीय शिक्षा कार्यक्रम
यस अभियानको एक मुख्य भाग “डिजिटल संवाद” पनि रहेको छ, जस अन्तर्गत बैंकले अन्य डिजिटल वित्तीय सेवाप्रदायकहरु सँगको सहकार्यमा देशका विभिन्न स्थानहरूमा वित्तीय चेतना सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरु आयोजना गर्नेछ ।

यी कार्यक्रमहरु वितीय साक्षरता, डिजिटल बैँकिङ्ग सुरक्षा र नविनतम डिजिटल बैंकिङ्ग सुविधाहरू लगायतका विषयहरुमा केन्द्रित हुनेछन्।

यस्तै चेतनामूलक पहलहरूसँग विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरुको माध्यमबाट यस अभियानले डिजिटल बैंकिङलाई सबैका लागि थप सुलभ, सुविधाजनक र सुरक्षित बनाउने लक्ष्य राखेको छ।

IME Life
kumari