stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गार्डियन माइक्रो लाइफको पहिलो चरणको वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।आज (मङ्सिर १९ गतेदेखि) गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको पहिलो चरणको आईपीओ बिक्री खुला भएको छ।

कम्पनीले सर्वसाधारणका लागि बिक्री गरीने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि जारी गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो।

जसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीले खरिद गर्न पाउनेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री गर्दा बाँकी बसेको खण्डमा बाँकी बसेको आईपीओ समेत जोडी सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ जारी हुनेछ।

पहिलो चरणको आईपीओ खरिदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले आजदेखि पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा घटीमा १० कित्तादेखि बढीमा १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

prabhu mahalaxmi
kumari