stcnepal long ad
ime life insurance
global ime bank long

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी लेखा राज्यलक्ष्मीको नाममा रहेको ८० हजार कित्ता शेयर बिक्रीमा राखेको हो।

हाल उक्त शेयर बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउछन्। शेयर खरिद गर्न इच्छुक संस्थापकले आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई ३५ दिनभित्र आवेदन दिनु पर्नेछ। आवेदन काठमाडौंको नक्सालस्थित बैंकको कम्पनी सचिवको शाखामा बुझाउनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari