आजसम्म कायम सेयरधनीले ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन दिन पाउने
काठमाडौं । ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रद सेयर आवेदन आज मंसिर १७ गते सोमबारसम्म कायम सेयरधनीले दिन पाउनेछन् ।
पावर कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि मंगलबार मंसिर १८ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज मंसिर १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् ।
पावर कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९३ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
पावर कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत संभार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ ।
१०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।