stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुमारी बैंकको संस्थापक समूहको शेयर बैंककै शेयरधनीहरूका लागि बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको शेयर बैंककै शेयरधनीहरूका लागि बिक्री खुला गरेको छ। बैंकले आफ्ना केही शेयरधनीको स्वामित्वमा रहेको १ लाख ३१ हजार ६२८ कित्ता शेयर बिक्री खुला गरेको हो।

उक्त शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ। आवेदन बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्साल, नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगालमा बुझाउनु पर्नेछ।

बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ।साथै तोकिएको समयसीमाभित्र बैंकका संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari