stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आन्तरिक स्रोतको प्रभावकारी परिचालन अपरिहार्यः चन्द्र ढकाल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले कुनै पनि मुलुकको दिगो विकासका लागि आन्तरिक स्रोतको प्रभावकारी परिचालन अपरिहार्य भएको बताएका छन्।

राष्ट्रिय कर दिवस २०८१ को अवसरमा महासंघको सचिवालयमा आयोजित “लगानीमैत्री वातावरण प्रवद्र्धनका लागि अन्तरनिकाय समन्वय” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ढकालले मुलुक सञ्चालन र विकासको आधार राजस्वको आयतनमा निर्भर हुने बताएका हुन्।

उनका अनुसार सवल अर्थतन्त्र र उन्नत समाज निर्माणका लागि आन्तरिक स्रोतको परिचालन मुख्य कुरा हो। साथै उनले कर प्रशासनले राजस्व लक्ष्य निर्धारण र संकलनसँगै करदाताको मनोबल बढाउने र व्यवसायिक गतिविधि प्रवद्र्धन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए।

ढकालले उद्योगधन्दा र व्यवसायजन्य गतिविधिहरू व्यवस्थित रूपमा सञ्चालन भए मात्र लक्षित राजस्व संकलन सम्भव हुने र त्यसका लागि व्यवसायमैत्री वातावरण निर्माण र विदेशी लगानीको सुरक्षामा ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, उद्योग विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशकहरूले आफ्नो धारणा राखेका थिए। आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले औद्योगिक र लगानीमैत्री वातावरण तयार गर्न सामूहिक प्रयास आवश्यक भएको बताए।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले अपेक्षित लगानीको वातावरण बनाउन पारदर्शी काम गर्नुपर्ने धारणा राखे। उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले सेवा प्रवाहलाई अझ उन्नत बनाउने प्रतिबद्धता जनाए।

त्यसैगरी राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले पछिल्लो समय कर प्रणाली सम्बन्धी नीतिहरू लगानीमैत्री बन्दै आएको बताए। कार्यक्रमको समापन महासंघका उपाध्यक्ष सुर कृष्ण वैद्यले गरेका थिए।

prabhu mahalaxmi
kumari