stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सिदार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिम फिट्नेस इन्स्टिच्युमा ५० प्रतिशतसम्मको छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट (पर्सा, चितवन)बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका ग्राहकले विशेष गरी Siddhartha Gen-Z खाता भएका ग्राहकहरूले चितवनको पर्सास्थित गोल्ड जिम फिट्नेस इन्स्टिच्युटमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरणा गर्ने विश्वास बैंकले लिएको छ।

यस समन्वयका बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने छ।

prabhu mahalaxmi
kumari