stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एनसेल फाउन्डेशनद्वारा निग्लिहवा, कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । एनसेल फाउन्डेशनद्वारा प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत सोमबार कपिलवस्तु नगरपालिका, वडा. नं ९, निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

यस शिविरमा लगभग ४०० भन्दा बढी स्थानियहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीकासँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए ।

बिहान १० बजेबाट सुरु भएको शिविरमा आएका मानिसहरुले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधीहरु पनि पाएका थिए ।

यस्ता स्वास्थ्य शिविरले स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरुका साथ समस्यासँग जुध्न मद्दत गर्दछ ।

एनसेल फाउन्डेशनले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा संचालन गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो ।

यस अघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालीमा यस किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेल फाउन्डेशनले कपिलवस्तुका अन्य २ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ ।

“नेपालका दुर्गम क्षेत्रहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्याउँदै स्वस्थ नेपाल बनाउने हाम्रो उद्देश्य अनुरुप एनसेल फाउन्डेशनले यो स्वास्थ्य शिविर आयोजना गरेको हो ।

हामीले समुदायका मानिसहरुका लागि फाइदा हुने काम गर्न सधै प्रतिबद्घ रहेका छौं । यसै अनुरुप हामीहरुले सातै प्रदेशमा विभिन्न स्थानिय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै विभिन्न ग्रासरुट स्तरका सामाजिक विकासका कार्यहरु गर्दै आएका छौं।

हाम्रा परियोजनाहरुले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् ।

एनसेल फाउन्डेशनले आफ्नो सामाजिक पहल अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरु सञ्चालन गरिरहेको छ ।

एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेशनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरु योजना बनाएको छ ।

एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका  विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ ।

kumari bank
kumari
nawakantipur long