stcnepal long ad
ime life insurance
national life
global ime bank long

आजैदेखि संचालनमा आउदै, सुन्दर यातायातले पुरानै भाडामा उपत्यकामा बस चलाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आजदेखि पुरानै भाडा दरमा सुन्दर यातायात प्रा.लि.ले  बस चलाउने भएको छ । बिजुलीबाट संचालित सुन्दर यातायातका बसहरुर कोरोनाको महामारीबीच संचालनमा आउने भएको हो । उसले काठमाडौं उपत्यकाका विभिन्न स्थानका लागि यातायात सेवा दिने भएको हो ।

सरकारले साझा यातायातहरुलाई आधा यात्रु बोकेर ५० प्रतिशत भाडा बढाएर संचालन गर्न अनुमति दिएका बेला सुन्दर यातायातले भने पुरानै भाडामा यातायात सेवा दिने भएको हो ।

सुन्दर यातायातले पहिलेदेखि नै यात्रुको ज्वरो परीक्षण गराउँदै आएको थियो।

यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गरिने प्रा.लि.ले जनाएको छ। चालक र सहचालकलाई पञ्जा, स्यानिटाइजर, पीपीई, बुट र मास्कको व्यवस्था गरी बस सेवा सञ्चालन गर्ने पनि योजना छ।

आज सोमबारबाटै केही कम्पनीका बसहरु संचालनमा आएका छन् । साझा यातायातका अन्य बसहरु उल्लेखनिय रूपमा संचालनमा भने आएका छैनन् ।

IME Lifesidebar
kumari