stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

स्मार्टच्वाइस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत घिमिरेले बिहीबार मात्रै कम्पनीका अध्यक्ष रविन कुमार नेपाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

उक्त शपथ ग्रहण कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।

बैंक अफ एसिया (हालको एनआईसी एसिया बैंक)बाट आफ्नो बैङ्किङ करियर सुरुवात गरेका घिमिरे यसभन्दा अघि लक्ष्मी सनराइज बैंकमा प्रमुख कार्ड सर्भिस्को रुपमा कार्यरत थिए ।

बैङ्किङ तथा डिजिटल भुक्तानी (कार्ड ,क्युआर मोबाइल बैङ्कि इत्यादि मा १५ वर्षभन्दा लामो अनुभव भएका घिमिरेको कार्यदक्षता, अनुभव र लगनशीलताले कम्पनीलाई अझै उचाइमा लैजाने विश्वास लिएको कम्पनीका अध्यक्ष नेपालले बताए ।

डिजिटल भुक्तानीको क्षेत्र वृद्धि हुने क्रममा रहेको र स्मार्टच्वाइस टेक्नोलोजिजले यो क्षेत्रमा पुर्याउन सक्ने योगदान धेरै रहेकोले आफू स्मार्टच्वाइस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृत भएर काम सुरु गर्न पाएकोमा निकै उत्साहित रहेको नवनियुक्त कार्यकारी अधिकृत घिमिरेले जानकारी दिए ।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्युआर, मोबाइल बैङ्किङ र अन्तर बैंक भुक्तानीका सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।

prabhu mahalaxmi
kumari