stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आइएमई लाइफ इन्स्योरेन्स आजबाट सात वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश

सात वर्षमै मुनाफाको आधारमा तेस्रो कम्पनी बनेर नयाँ रेकर्ड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । २०७४ साल आजकै दिन अर्थात भदौं १ गतेबाट औपचारिक कारोबार सुरु गरेको आईएमई लाइफ इन्स्योरेन्स आजबाट सात वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । सातौं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता जनाएको छ ।

कम्पनीले आठौं वर्ष प्रवेशको अवसर पारेर रक्तदान तथा अन्य विभिन्न कार्यक्रम गरी आज भव्य रुपमा बार्षिकोत्सव मनाउँदैछ । देशैभरिका शाखा कार्यालयहरुले कुनै न कुनै सामाजिक कार्यमार्फत बार्षिक उत्सव मनाउने कम्पनीले जनाएको छ ।

आइएमई ग्रुप मुख्य प्रबद्र्धक रहेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ कम्पनीहरुको रुपमा २०७४ साल भदौं १ गतेदेखि सुरु गरेको थियो ।

पछिल्लो पुस्ताको जीवन बीमा कम्पनीको रुपमा सञ्चालनमा आएको कम्पनीले जीवन बीमाको क्षेत्रमा देशका कुना काप्चामा पुगेर आम सर्वसाधारणलाई सहज र सरल रुपमा जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

बार्षिकोत्सवको अवसर पारेर कम्पनीले ग्राहक र लगानीकर्ताको विश्वास र साथ पाएकै कारण आजको सफलता हासिल गरेको उल्लेख गर्दै सबैमा हार्दिक आभार व्यक्त गरेको छ ।

गौरवपूर्ण सात वर्ष पुरा गरी आठौं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले सातौं बार्षिकोत्सवको अवसरमा कम्पनीले जारी गरेको शुभकामना सन्देशमा अत्याधुनिक र विश्वसनीय जीवन बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएकोछ । साथै आगामी कैयौं वर्षहरुसम्म बीमित र परिवारको साथमा रहेर जोखिम बहन गरिरहने उल्लेख छ ।

बार्षिकोत्सवकै अवसरमा आइएमई लाइफले नियामक निकाय, कर्मचारी तथा बीमा अभिकर्ताहरुलाई कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा अझै बढि लाभ प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको छ । बार्षिकोत्सवको अवसरमा कम्पनीले रक्तदान, विभिन्न विद्यालयहरुलाई लगायतका कार्यक्रमहरु गर्ने योजना रहेको जनाइएको छ ।

सात वर्षकै अवधीमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ । सातै प्रदेशमा शाखा सञ्जाल, देशैभरि हजारौं सक्रिय बीमा अभिकर्ता मार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको कम्पनीले गत आर्थिक वर्षमा आइपुग्दा मुनाफाको आधारमा तेस्रो कम्पनी बन्न सफल भएको छ ।

लगानीकर्ताको लागि निकै महत्वपूर्ण मुनाफाको आधारमा कम्पनी देशकै तेस्रो कम्पनीको रुपमा स्थापित भएर थप उत्साह भर्न सफल भएको छ ।

कम्पनीमा पछिल्लो चार वर्षदेखि कवि फुयाँल सिईओको भूमिका रहेका छन् । कुशलतापूर्वक कम्पनीलाई प्रगतिपथमा अघि बढाउन सफल भएका कारण उनको कार्यकाल यही भदौं ७ गतेदेखि लागू हुने गरी थप गर्ने सञ्चालक समितिले निर्णय गरेर बीमा प्राधिकरणबाट स्वीकृत समेत पाइसकेको छ ।

रामहरि अर्याल अध्यक्ष रहेको आइएमई लाइफमा उषा ढकाल, बिनोद केसी, सिताराम थापा, सन्दिप अग्रवाल र रोविन कुमार नेपाल सञ्चालक रहेका छन् । त्यस्तै, कम्पनीको डेपुटी सिईओमा दिनेश अमात्यले सम्हालिरहेका छन् ।

देशैभरि हजारौं बीमा अभिकर्ता, एजेन्सी रहेका कम्पनीले दुर दराजमा पुगेर जीवन बीमा तथा लघु जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

prabhu mahalaxmi
kumari