stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेशनल इन्स्योरेन्सद्वारा दुर्घटना बीमा बापतको दाबी रकम हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेशनल इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको हेटौंडा शाखा कार्यालयले दुर्घटना बापतको बीमा दावी भुक्तानी गरेको हो ।

मकवानपुर बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रममा मृतक केशव प्रसाद मुडवरीकी श्रीमती लक्ष्मी सापकोटालाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।

गत जेठ २ गते स्कूटर दुर्घटनामा मुडवरीको मृत्यु भएको थियो। हेटौंडाबाट बागमती गाउँपालिकाको झुरझुरेतर्फ जाँदै गर्दा उनको स्कूटर ट्र्याक्टरसँग ठोक्किएको थियो। गम्भीर घाइते भएका मुडवरीको उपचारका लागि हेटौंडा अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।

मकवानपुर बचत तथा ऋण सहकारी संस्थाले आफ्ना २,१७० जना सेयर सदस्यहरूको प्रति व्यक्ति १ लाख रुपैयाँको दुर्घटना बीमा नेशनल इन्स्योरेन्स कम्पनीमा गराएको छ। सोही अनुरूप मृतकका श्रीमतीले दाबी रकम प्राप्त गरेकी हुन् ।

कम्पनीका हेटौंडा शाखा प्रमुख बिमल बास्कोटाका अनुसार बीमा कम्पनी र बचत संस्थाका पदाधिकारीहरूको उपस्थितिमा संस्थाका अध्यक्ष बिजय सागर श्रेष्ठमार्फत दाबी रकम हस्तान्तरण गरिएको हो ।

IME Lifesidebar
kumari