stcnepal long ad
ime life insurance
national life
global ime bank long

यो साता पनि विश्व बजारमा सुनको मूल्यले उच्च रेकर्ड कायम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । यो साता पनि विश्व बजारमा सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ । अमेरिकी डलरको मूल्यमा आएको तीब्र उतारचढावका कारण लगानीकर्ताहरु सुरक्षित लगानीतर्फ आकर्षित हुँदा सुनको भाउ बढेको विश्लेषकहरुले बताएका छन् ।

विश्व बजारमा साताको दोस्रो र चौथो दिन अर्थात, सोमबार र बुधबार सामान्य घटेको सुनको भाउ अन्य दिनहरुमा भने बढेको थियो । जेठ २५ गते, शुक्रबार अर्को भाउले नयाँ रेकर्ड राखेको छ ।

नेपाली बजारमा पनि यो साता सुनको मूल्यले नयाँ उचाई कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सरकारले आगामी आर्थिक वर्षको बजेट बक्तव्य मार्फत सुनको भन्सार दरमा गरेको वृद्धि साथै, विश्व बजारमा आएको प्रभावसँगै नेपाली बजारमा पनि रेकर्ड राखेको हो ।

साताको पहिलो दिन प्रति १० ग्राम १ लाख २१ हजार ७४५ रुपैयाँ रहेको सुनको भाउ शुक्रबारसम्म आइपुग्दा १ लाख २४ हजार ३१५ रुपैयाँ पुगेको छ ।

भाउ प्रति १० ग्राम २ हजार ५७० रुपैयाँ बढेको छ । प्रतितोलाको हिसाब गर्दा नेपाली बजारमा यस साता शुक्रबार १ लाख ४५ हजार रुपैयाँ पुग्यो । यो अहिलेसम्मकै उच्च मूल्य पनि हो ।

यता, नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५८६ रुपैयाँ रहेको चाँदीको भाउ शुक्रबारसम्म आइपुग्दा १ हजार ६२९ रुपैयाँ कायम भएको छ ।

लामो समयदेखि विश्व बजारमा सुनको भाउ बढिरहेको छ । केही करेक्सनहरुका बाबजुत मूल्य अझै माथि जान सक्ने अन्तर्राष्ट्रिय विश्लेषकहरुले बताइरहेका छन् ।

त्यसो त स्थानीय बजारमा पनि लामो समयदेखि नै तोलाको डेढ लाखसम्म पुग्ने अनुमान हुँदै आएको छ । सोही प्रक्षेपण अहिले लगभग सही साबित भइसकेको छ ।

किन भने सुन तोलाको करिब डेढ लाख नजिक आइपुगेको छ । अहिलेको अवस्थामा भाउ अझै माथि जान सक्ने सम्भावना देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । तर बेलाबेला मूल्य केही घट्ने छ । तर घट्नेभन्दा बढ्ने दर नै बढी हुने प्रक्षेपणहरु आइरहेका छन् ।

यता, स्थानीय बजारमा भाउ अत्यधिक बढेपछि कारोबारमा भने कमी आएको सुन व्यापारीहरुको भनाई छ । अत्यावश्यक अवस्थामा बाहेक सुनका गरगहना किन्न नसक्ने अवस्थामा सर्वसाधारण पुगिसकेको देखिन्छ ।

विश्व बजारमा मूल्य तय हुने भएकाले मागमा कमी आए पनि स्थानीय बजारमा मूल्य घट्न सक्ने अवस्था भने छैन ।

 

 

IME Lifesidebar
kumari