stcnepal long ad
ime life insurance
global ime bank long

वित्तीय साक्षरताका लागि कुमारी बैंक र यूएसएआईडी ट्रेड एण्ड कम्पेटिटिभनेसबीच सम्झौता

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । कुमारी बैंकले लघु, साना तथा मझौला उद्योग–व्यवसाय ९एमएसएमईएस० को वित्तीय साक्षरताका लागि यूएसएआईडी ट्रेड एण्ड कम्पेटिटिभनेससँग सम्झौता गरेको छ ।

सम्झौताअन्तर्गत यूएसएआईडी ट्रेड एण्ड कम्पेटिटिभनेसले बैंकलाई नेपालभरका एमएसएमईएसमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्ने छ ।

बैंकले यस कार्यक्रम मार्फत १० हजार नयाँ एमएसएमईएसलाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन वित्तीय सहयोग गर्ने बताइएको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा गर्दै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ वटा शाखा सञ्जाल, ३१४ वटा एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

prabhu mahalaxmi
kumari