citizens life insurance long ad
stcnepal long ad

नेपाललाई अनलाइन कराते कातामा चार स्वर्ण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इन्टरनेशनल सोतोकान कराते युनाइटेड र इन्स्टिच्युट अफ सोतोकान कराते युनाइटेडको संयुक्त आयोजनामा भएको अनलाइन कराते काता तर्फ नेपालले चार स्वर्ण पदक सहित १० वटा पदक जित्न सफल भएको छ ।

नेपालले आईएसकेयू इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा चार स्वर्ण, तीन रजत र तीनवटै कास्य पदक जितेको हो ।

नेपालका तर्फबाट सञ्जु देसार, दिक्षा महतरा, प्रशन्न घर्ती मगर र सत्कार घर्ती मगरले स्वर्ण पदक जितेका हुन् ।

यसैगरी पुरुष क्याडेट तर्फ मनिष कार्की, महिला नौ वर्ष मुनिको स्पर्धामा स्वेता तामाङ र १३ वर्ष मुनिको समूहमा सृजना महतराले रजत पदक प्राप्त गरे भने १३ वर्ष मुनिको स्पर्धामा अमृत थोकरले, १० वर्ष मुनिको स्पर्धामा ओन्तो घर्ती मगरले तथा नौ वर्ष मुनिको पुरुष स्पर्धामा मुकेश खड्काले नेपाललाई कास्य पदक जित्न सफल भए ।

IME Life
kumari