stcnepal long ad
global ime bank long

युएईको अबुधाबी, दुबई भारी बर्षा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरूमा बाढीको अवस्था सिर्जना गरेको छ।

मंगलबार देखी सडक, रेल र उडान प्रभावित भएका छन् । यी सहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन्। मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ ।

युएईमा सोमबार १५ अप्रिल रातिदेखि पानी पर्न थालेको थियो । गएराती १२० एमएमभन्दा बढी पानी परेको थियो । बुधबार बिहान थप भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मानिसहरूलाई घरमै बस्न सल्लाह दिइएको छ ।

बहराइन, कतार र साउदी अरबमा भारी वर्षाका कारण पनि अवस्था खराब छ । ओमानमा भारी वर्षाका कारण १८ जनाको मृत्यु भएको छ ।

खाडी मुलुकमा  मौसम बदली हुनुको  मुख्य कारण दक्षिण–पश्चिमबाट  बनेको न्यून चापीय प्रणाली हो । राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनसीएम) ले २ दिन अघि युएई र साउदी अरबमा भारी वर्षा हुने भविष्यवाणी गरेको थियो ।

यस अवधिमा ६५ किलोमिटर प्रतिघण्टा हावाको गति रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दुबई, अबुधाबी र शारजाहमा पानीसँगै असिना पनि पर्न सक्ने युएईको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ ।

 

IME Lifesidebar
kumari