citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नबिल बैंकमा खाता खोल्दा १० लाखको दुर्घटना बीमा

अरु पनि बीमाका सुविधा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । अहिले एकातिर अर्थतन्त्रमा शिथिलता छ भने अर्कातिर लगानीको वातावरण नै छैन। अर्थतन्त्र कहिले के हुने हो कुनै अत्तोपत्तो छैन। यस्तो अवस्थामा आफूसँग भएको अलिकति पैसा कसरी सुरक्षित गर्ने होला त ? कतिपयको मनमा यस प्रश्नले अड्डा जमाएर बसेको छ, अहिले।

यतिमात्रै होइन, बैंकमा केही रकम बचत पनि गराउनुछ, साथै अलिकति भएको पैसाले बीमा सुविधा पनि लिउँ भन्ने सोच प्रायःमा हुन थालेको छ।

तपाइँ पनि बीमा गराउनका लागि सोच्दै हुनुहुन्छ रु वा आफूसँग भएको केही रकम बचत पनि गराउँ र बीमा पनि गराउँ भन्ने सोच्दै हुनुहुन्छ रु तपाइँको यी दुवै सोचलाई साकार पार्नका लागि नबिल बैंक उपयुक्त विकल्प बन्न सक्छ।

नबिल बैंकमा बचत खाता खोल्दा झन्डै १६ लाख रुपैयाँको बीमा सुविधा पाइन्छ। यति भएपछि ग्राहकलाई भएन त मज्जा १

नबिल बैंकले केही समय अघिदेखि आकर्षक बीमा सुविधासहित ‘नबिल ढुक्क बचत खाता’ सञ्चालन गर्दै आएको छ।

यसले आफ्नो केही पैसालाई सुरक्षित पनि गर्छ भने भविष्यमा आइपर्न सक्ने विभिन्न किसिमका समस्याबाट हुने क्षति पनि न्यूनीकरण गर्न सहजीकरण गर्छ। दुर्घटना, औषधोपचार तथा प्राणघातक रोग गरी तीन किसिमको बीमालाई समेटेर यस खाता सञ्चालनमा छ।

जसले ग्राहकलाई रकम जम्मा गर्न मात्र होइन जीवनमा भइपरी आउन सक्ने जोखिमबाट हुने क्षतिसमेत कम गर्न सहयोग गर्छ।

‘नबिल ढुक्क बचत खाता’ नामजस्तै ढुक्क हुनका लागि बैंकले बीमालाई विशेष प्राथमिकतामा राखेर खाता सञ्चालन गरेको हो। यस खाता सञ्चालनमा ल्याएर बैंकले आफ्नो ग्राहकप्रति पनि बैंक उत्तिकै जिम्मेवार छ भन्ने देखाएको छ।

उच्चतम ब्याजदर र तीनवटा बीमा सुविधा नबिल ढुक्क बचत खाताको मुख्य विशेषता हो। बैंकले हाल यस खातामा ५।५० प्रतिशत ब्याजदर दिइरहेको छ। जुन ब्याजदर समयअनुसार थपघट हुन सक्छ।

उच्च ब्याजदरका साथमा यति धेरै बीमा सुविधा पाउनु ग्राहकका लागि पक्कै सुखद् हो। ग्राहकले नबिल बैंकको नबिल ढुक्क बचत खातामा आबद्ध भएर सहजै यी सुविधा लिन सक्नेछन्।

अन्य कम्पनीको अन्य खाता वा सुविधा खोज्नुपर्ने झन्झट पनि नहुने र एकै ठाउँबाट आफूलाई चाहिने बीमा सुविधा लिन पनि सकिने यस खाताको विशेषता हो। बैंक खातामा रकम बचत पनि गराउनेसँगै बीमाको लाभ पनि लिनका लागि नबिल बैंकको यो बचत खाता लिनु उपयुक्त हुन्छ।

यस खातामा आबद्ध हुने नबिल बैंकका ग्राहकलाई औषधोपचार बीमाबापत १ लाख रुपैयाँ बीमा सुविधा बैंकले दिएको छ। यसले आफ्नो स्वास्थ्योपचार गराएबापतको बीमा सुविधा खाताबाहकलाई सहजै भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।

यतिमात्र होइन, हामी कहीँकतै जाँदा विभिन्न किसिमका दुर्घटनामा पर्न सकिन्छ। केही गरी दुर्घटनामा परियो भने आर्थिक अवस्थाले नधान्न पनि सक्छ वा अतिरिक्त भार थपिँदाको सास्ती तपाइँमात्र होइन तपाइँका आफन्त वा साथीभाइले समेत भोग्नुपर्ने हुन सक्छ।

त्यस्तो किसिमको आर्थिक झमेलाबाट बच्नका लागि नबिल बैंकको दुर्घटना बीमा पनि यस खातामा उपलब्ध छ। १० लाख रुपैयाँको दुर्घटना बीमाले जोकोही ग्राहकलाई निकै सहज हुन्छ।

यस्तै आफ्नो सेवामार्फत ग्राहकलाई एकदमै सन्तुष्टि दिनका लागि नबिल बैंकले ३ लाख ७५ हजार रुपैयाँ बराबरको प्राणघातक रोग बीमा पनि सो खातामा उपलब्ध गराएको छ।

खातावाल कुनै कारणवस प्राण घातक रोग लागि हालेमा त्यसको उपचारबापत बैंकले ३ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी सहजै गर्नेछ।

बैंकले यस खातामा ग्राहकका लागि बीमा सुविधामात्र ल्याएको छैन, अन्य सुविधा पनि ल्याएको छ। यस खातामा ग्राहकका लागि डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट तथा मेरो शेयरको सुविधा निःशुल्क पाउन सकिने नबिल बैंकले जनाएको छ।

साथै, अरु बैंकको एटीएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ। यस खातामा लक्करको सुविधा पनि रहेको छ। लकर सुविधा पहिलो वर्ष निःशुल्क रहनेछ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था छ।

himalayan life insurance
igi long