stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पर्यटन विभागले वसन्तकालीन याममा हिमाल आरोहणका लागि ३ सय ३४ जनालाई अनुमति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । पर्यटन विभागले वसन्तकालीन याममा हिमाल आरोहणका लागि ३ सय ३४ जनालाई अनुमति दिएको छ । विभागले जारी गरेको सूची अनुसार आइतबारसम्म १६ वटा हिमालका लागि ३६ वटा आरोहण दललाई अनुमति दिइएको हो ।

यसमा ७४ महिला र २ सय ६० पुरुषसहित ३ सय ३४ जना छन् । विभागले यसबाट २३ करोड ७५ लाख सलामी दस्तुर सङ्कलन गरेको छ ।

विभागले यस यामका लागि फागुन १८ देखि आरोहण अनुमति खुला गरेको थियो । अहिलेसम्म सबैभन्दा धेरै आरोहण अनुमति सगरमाथा हिमालका लागि जारी भएका छन् ।

यसअनुसार सगरमाथा आरोहणका लागि १ सय ४९ जनाले अनुमति लिएका छन् । सगरमाथापछि ल्होत्सेका लागि ४५, आमादब्बलमका लागि ३८, अन्नपूर्ण प्रथमका लागि २५, धौलागिरिका लागि १५, मकालुका लागि १०, जुगल प्रथम र जुगल दोस्रोका लागि १०र१० जनाले आरोहण अनुमति पाएका छन् । नेपालले ४ सय १४ वटा हिमाल आरोहणका लागि खुला गरेको छ ।

prabhu mahalaxmi
kumari