stcnepal long ad
global ime bank long

नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर भएका छन् ।

एकपछि अर्को आर्थिक विवाद र अनियमिततामा मुछिएका न्यौपाने सहित ९ जना विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७८ सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आइतबार विशेष अदालतले न्यौपानेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेस गर्ने आदेश दिएको हो ।

सजाय निर्धारणका लागि वैशाख १६ गते पेशी तोकिएको छ । प्रतिवादी बनाइएका राम रत्न उपाध्यायसहित अन्य ८ जनाले भने सफाइ पाएका छन् ।

विशेष अदालतका अनुसार न्यौपानेले १२ करोड ८४ लाख ८७ हजार रुपैयाँ गैरकानूनी रुपमा अपचलन गरेका थिए ।

न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।

IME Lifesidebar
kumari