stcnepal long ad
ime life insurance
global ime bank long

रानीपोखरीको पिँध र पर्खालको काम सम्पन्न

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं  । रानीपोखरीको पिँधमा कालो माटो र इँटा ओछ्याउने एवं पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

पाँच वर्षअघिको भूकम्पले क्षति पुगेको रानीपोखरी पुनःनिर्माण अन्तर्गत उपभोक्ता समिति मार्फत पिँध र पानी रहने भागको पर्खाल निर्माणको काम गराइएको हो ।

उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितले प्राधिकरणलाई सोमबार जिम्मेवारीमा रहेको काम सम्पन्न भएको औपचारिक जानकारी दिने बताउनुभयो ।

विसं २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि इँटा ओछ्याएको हो ।

गत २०७२ साल वैशाख १२ गते गोरखा भूकम्पको पाँच वर्ष पुगेको दिन अगावै यो कामसक्ने तालिका भए पनि कोभिड–१९ को महामारी रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण प्रभावित भएको थियो ।

पिँध र पानी रहने पर्खालको काम सकिएपछि वर्षाको पानी जम्मा गर्न मिल्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आकाशे पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कुल क्षेत्रको आकाशे पानी सङ्कलन एवं प्रशोधन गरी पोखरीमा पानी राख्न प्राथमिकता दिने तयारी भएको बताउनुभयो ।

पानी नपुग भएमा भूमिगत स्रोतबाट राख्ने व्यवस्था मिलाउने जानकारी पनि उहाँले दिनुभयो । रासस

prabhu mahalaxmi
kumari