stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाललाई एडिबीले २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । एशियाली विकास बैंक (एडिबी) ले नेपाललाई २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । एडिबीले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्नका लागि उक्त रकम उपलब्ध गराउने भएको हो ।

एडिबीको यहाँस्थित देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश्वसनीयता सुधार, उत्पादन र भारप्रेषण केन्द्रको सुदृढीकरणका लागि उक्त रकम सहुलियत ऋणस्वरुप नेपाललाई प्रदान गर्न स्वीकृत भएको हो ।

उक्त रकम काठमाडौँ उपत्यका लगायत भरतपुर महानगरपालिका, पोखरा उपमहानगरपालिकाका साथै प्रदेश नं २ मा विद्युत् आपूर्ति र वितरणलाई प्रभावकारी तुल्याउन खर्च गरिने जनाइएको छ ।

prabhu mahalaxmi
kumari