stcnepal long ad
global ime bank long

सरकारले निर्माण व्यवसायीको रकम चाडैं भुक्तानी गर्नुपर्छः महासंघ अध्यक्ष ढकाल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निर्माण व्यवसायीहरुले सरकारबाट आफ्नो भुक्तानी चाडैं पाउनुपर्ने धारणा राखेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघ हेटौंडाको २५औ वार्षिकोत्सवका अवसरमा उनले यस्तो बताएका हुन् । अध्यक्ष ढकालले देशको विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भन्ने कुरा सरकारले बुझ्नु पर्ने धारणा व्यक्त गरे ।

सरकारले भुक्तानीमा ढिलाइ गर्न नहुने र यसले परियोजनाहरूमा ढिलाइ हुन सक्ने बताए । हाल राज्यबाट व्यवसायीहरुलाई निर्माण कार्यको अरबौं रकम भुक्तानी गर्न नसकेको हुँदा व्यवसायीहरुले सप्लाई चेन, बैंक किस्ता एवं श्रमिकहरु लगायत करको ठूलो रकम भुक्तानी गर्न नसकी व्यवसायीहरु आर्थिक रुपमा समस्याग्रस्त रहेको बताए ।

कार्यक्रममा ढकालले निर्माण व्यवसायीहरुलाई बैंकहरुबाट सजिलैसंग ऋण प्रवाह हुनसक्ने संयन्त्र बनाउनु पर्नेमा जोड दिए ।

IME Lifesidebar
kumari